शालिग्राम भजन किर्तन मण्डलीद्वारा माता सम्मान कार्यक्रम

0
118

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे वडा नं. १ मा स्थापित शालिग्राम भजन किर्तन मण्डली परिवारले माता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आज वडा नं. १ को नर्वदेश्वर मन्दिरमा आयोजित सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा ७० वर्ष माथिका माताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीमकुमार राई, भुल्केजाल्वादेवीकी अध्यक्ष एवं निवर्तमान उप–प्रमुख यमुना बिष्ट बास्तोला, समाजसेवी रुपनारायण भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

आयोजक शालिग्राम भजन किर्तन मण्डलीले हरेक वर्ष यस किसिमको कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here