जिल्लास्तरिय कराते प्रतियोगितामा अर्जुनधारा नगरपालिका प्रथम

0
141

बिर्तामोड ।

झापाको अर्जुनधारामा सम्पन्न भएको प्रथम भीमले अन्तरपालिका पुरुष तथा महिला जिल्लास्तरिय कराते प्रतियोगितामा अर्जुनधारा नगरपालिका प्रथम भएको छ ।

भीमले कराते डोजोको आयोजना र झापा जिल्ला कराते महासंघको प्राविधिक सहयोगमा अर्जुनधारा–१स्थित हलुवागढ–कालीखोला पर्यापर्यटन केन्द्रको प्राङ्गणमा आयोजित प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित अर्जुनधारा नगरपालिका प्रथम भएको हो ।

त्यसैगरी प्रतियोगितामा बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिका क्रमश द्धितीय र तृतीय भएका थिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी अर्जुनधाराका निकेश कार्की र महिला खेलाडी मेचीनगरकी मनिषा ढुंगाना भएको महासंघका सहसचिव एवम् स्वयंसेवक प्रशिक्षक जीवन राईले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिम र खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा १० वटा पालिकाका १७० जना बढी खेलाडीहरुको सहभागीता रहेको थियो ।

प्रतियोगिता मूल आयोजक समारोह समितिका संयोजक महेन्द्र बरालको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधाराका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

अर्जुनधारा–८का वडाध्यक्ष एवम् एसीयन कराते रेफ्री कुमारप्रसाद उप्रेतीले प्रतियोगिताको औचित्य बारे प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि तामाङ, वडाध्यक्ष उपेन्द्र बस्नेत, नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईं, महासंघ झापाका अध्यक्ष जगन कार्की दुर्वासालगायतले मन्तव्य राखेका थिए ।

स्थानीय वडा खेलकुद विकास समिति सहआयोजक रहेको कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने २० जना बढी दाताहरुलाई कदर पत्र प्रदान गरिएको थियो । समितिका सहसंयोजक देउनारायण राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन आर्थिक समितिका सदस्य टंक बरालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here