मासुपसलको अनुगमन

0
124

भद्रपुर।

सरोकारवालाहरुको संयुक्त टोलीले शुक्रबार भद्रपुरका विभिन्न बजारमा माछा–मासु पसलहरुको अनुगमन गरेको छ ।

भद्रपुर नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय झापा, झापा घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, झापा उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले भद्रपुर –१० चन्द्रगढीस्थित बधशालामा रहेका माछा–मासु पसल, धनुषमोडस्थित मासु पसल र भद्रपुर –८ सगरमाथास्थित माछा–मासु पसलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा केही व्यवसायीलाई बिक्रीस्थल सफा राख्न, बिक्रीका लागि राखिएका माछा–मासु खुला नराख्न, कुनै पनि निकायमा दर्ता नभएका पसललाई तुरुन्त दर्ता गर्न, ढक–तराजु र काँटा दुरुस्त राख्न सुझाव दिइएको अनुगमनमा सहभागी भद्रपुर नगरपालिकाको राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिए ।

नगरपालिकाको बजार अनुगमन समितिकी संयोजक उपप्रमुख राधा कार्कीको नेतृत्वको अनुगमन टोलीमा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, कार्यपालिका सदस्य ममता लिम्बू, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेम सापकोटा, गुणस्तर तथा नापतौल कार्यालयका हरेराम महतो, खाद्य तथा गुण नियन्त्रण कार्यालयका पंकज दाहाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ज्ञानमणि पोखरेल, झापा उद्योग वाणिज्य संघका कार्यालय सचिव दुर्गाप्रसाद खतिवडा, सञ्चारकर्मी रोहित काफ्ले, प्रहरी तथा नगर प्रहरीहरुको सहभागिता थियो ।

नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिने र पहिलोपटक सुझाव दिइएका विषयवस्तुमा कोही व्यवसायीले सुधार नगरेको पाइए कारवाही प्रक्रिया अगाडि बढाइने नगरपालिका स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here