मङ्गलबारे–पाराबारी जोड्ने सडक कालोपत्र

0
65

झापा, 

शिवसताक्षी नगरपालिकाको ग्रामीण क्षेत्रको मङ्गलबारे– पाराबारी जोड्ने सडक कालोपत्र गरिएको छ । नगरपालिका, वडा कार्यालय र स्थानीय उपभोक्ताको गरी रु ९९ लाख ९८ हजारको लागतमा नौ सय ४५ मिटर सडक कालोपत्र गरिएको हो ।

सडक कालोपत्र निर्माणका लागि पालिकाद्वारा रु ६१ लाख ६० हजार, वडा नं २ को कार्यालयले रु १८ लाख र बाँकी स्थानीय उपभोक्ताबाट सङ्कलन गरिएको थियो । शिवसताक्षीकै पुरानो बजार मङ्गलबारे र पाराबारी जोड्ने सडक आवश्यकताका आधारमै कालोपत्र गरिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो ।

सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । सडक बनेसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु दमक, विर्तामोड लगायतका ठूला सहरमा बजारीकरणमा समेत सहज भएको नगरप्रमुख थोप्राको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here