‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

0
77

पाटन,

‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ ।

लिम्बूको आज बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उहाँका छोरा मोहन बेघा लिम्बूले जानकारी दिनुभयो ।

लिम्बू छ महिनादेखि बिरामी हुनुभएको थियो ।

झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उहाँ तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

लिम्बूलाई नखिपोटस्थित घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो । तर एक महिनायता भने उहाँलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो ।

लिम्बूको अन्त्येष्टि दमकमा गरिने उहाँका छोरा मोहनले जानकारी दिनुभयो । दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उहाँलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइएको थियो । उहाँ मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here