झापा गाँउपालिकाद्वारा ६३६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

0
63

झापा।

विद्यार्थीहरुलाई उच्च शिक्षामा हौसला प्रदान गर्ने उद्धेश्यले झापा गाउँपालिकाले ६३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

आफ्ना पालिकाभित्र अध्ययनरत कक्षा ११ र १२ का ६३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको बताइएको छ । पालिकाले छात्रवृत्ति स्वरुप कक्षा ११ का विद्यार्थीलाई जनही ९ हजार खुई सय ५० ,कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार दुई ५० र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजार रुपैयाँका दरले रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकाारी दिए । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न वर्गका भएकाले रकम अभावका कारण कुनै पनि विद्यार्थीले उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृत्ति वितरण गरेको अध्यक्ष साहले बताए ।

झापा गाउँपालिकाका तीन वटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ को पठनपाठन हुने गरेको छ । डिल्लीराज माध्यमिक विद्यालयमा कक्षा ११ मा २१२ र कक्षा १२ मा १६३ जना गरी जम्मा ३७५ जना विद्यार्थी अध्ययनरत छन् ।

त्यसैगरी जनता माध्यमिक विद्यालयमा कक्षा ११ मा १३२ र कक्षा १२ मा १०९ जना गरी २३७ जना अध्ययनरत छन् भने जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ११ मा २४ जना विद्यार्थी अध्ययरत रहेको शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले बताए ।

झापा गाउँपालिकाले विगत २०७५ सालदेखि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष साहले बताए ।

यस्ता कार्यक्रमले शैक्षिक पहुँचमा अभिवृद्धि गर्ने उद्धेश्यले गाउँपालिकाले छात्रवृत्ति वितरण गरेको बताउँदै अध्यक्ष सााहले विद्यार्थी भर्नालाई टिकाई राख्न र विद्यार्थीको शैक्षिक गुणस्तर समेत अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले उत्कृष्ट काम गर्दै आएको बताए । उनले यस्ता कमर्यक्रमहरुले विद्यार्थीलाई विद्यालय जान प्रेरित गर्ने उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here