घाट निर्माणमा जुट्दै स्थानीय

0
107

मङ्गलबारे,

देउमाई नगरपालिका–४ मङ्गलबारेका स्थानीय हाल देउमाई– २ मा रहेको घाट व्यवस्थित गर्न जुटेका छन् ।

देउमाई खोलाको सन्तविरेघाट व्यवस्थित गर्न स्थानीय जुटेका हुन् । सार्वजनिक बिदाको दिन वा शनिबार पारेर अभियान नै सञ्चालन गरेर काम सुरु गरिएको स्थानीय छविलाल श्रेष्ठले बताउनुभयो ।

‘ठूलाठूला आश्वासन होइन साना–साना काम गरौँ’ भन्ने नारासहित आफूहरु लागेको स्थानीय गोपाल मण्डलले बताउनुभयो ।

आफूहरुले गर्ने काम श्रमदान मात्र नभएर उदाहारणीयसमेत भएको स्थानीयको भनाइ छ । पहिलो पटक नै स्वतस्फूर्त रुपमा ४० जनाभन्दा बढी स्थानीयको सहभागिता रहेको छ ।

स्थानीयले अभियानअन्तर्गत श्रमदानसँगै केही आर्थिक सहयोग जुटाउने कार्यसमेत गरिएको बताउनुभयो । श्रमदानमा सहभागी भएर यो कार्य सम्पन्न गर्न सहयोग गरिदिन अभियान सफल बनाउन लाग्नुपर्ने स्थानीय मात्रिका घिमिरेको भनाइ छ ।

यसअघि शवलाई जलाउँदै गर्दा पानी परेको समयमा अधुरै छाड्ने गरिएको थियो । कति पटक शवका केही अङ्ग खोला किनारमा नै फेला पर्ने गरेका थिए ।

अब तिनै समस्या समाधानका लागि व्यवस्थित घाट निर्माण गरिने जनाइएको छ । शव जलाउने स्थानमा छानो लगाउने, शव जलाउन प्रयोग हुने दाउरा अड्याउन पिलर उठाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here