जौको सातु र सर्बत वितरण

0
89

बिर्तामोड ।

झापाको बिर्तामोड–५ मा रहेको न्यूटन्स एजुकेशन एकेडेमीको न्यूटन्स बाल क्लवले अक्षय तृतीयाको अवसरमा जौ को सातु र सर्बत पानी वितरण गरेको छ ।

अक्षय तृतीयाको अवसर पारेर विद्यालय परिसरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई जौ को सातु तथा सर्बत वितरण गरिएको बाल क्लवकी अध्यक्ष अर्पना लोहनीले जानकारी दिइन् ।

पछिल्लो समय हराउँदै गएको संस्कृतिलाई संरक्षण र निरन्तरता दिने उद्देश्यले विद्यार्थीलाई कक्षा कोठा बाहिरको व्यवहारिक शिक्षा प्रदान गर्न अक्षय तृतीयाको अवसरमा सर्बत र सातु वितरण गरिएको विद्यालयकी फोकल पर्सन मिनु शिवाकोटीले बताइन् ।

अतिरिक्त क्रियाकलापलाई हरेक क्षेत्रबाट जानकारी गराउने उद्देश्यले अक्षय तृतीया लगायतका विभिन्न चाडपर्वमा कार्यक्रमहरु आयोजना गरेर विद्यार्थीलाई सचेतना जगाउने काम न्यूटन्स एजुकेशनले गरिरहेको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाँईले बताए ।

अक्षय तृतीयाका अवसरमा गरिएको कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here