योजना र बजेट निर्माणमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी छलफल

0
94

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) सम्बन्धी छलफल कार्यक्रम, योजना तथा बजेट तयारी सम्पन्न भएको छ ।

सोमबार नगर सभामा आयोजित कार्यक्रममा सहारा नेपाल र नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको छलफल कार्यक्रम फेयर मेडको जेसी स्पेशलिस्ट/जेसी स्पेशलिस्टको हेल्थ सिस्टमकी विज्ञ शोभा गुरुङले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अवधारणा र परिभाषा, लैङ्गिक समानता र सामाजिक समावेशीकरणको आधारभूत सुव्यवस्थित प्रक्रियाबारे छलफल भएको थियो ।

कार्यक्रममा उपप्रमुख देवीमाया काफ्लेले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, खेलकुद तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले, स्वास्थ्य संयोजक मुरारी आचार्य, वाडा नं. ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नवीन कार्की, २ नं. वडा अध्यक्ष नैना राई, वडा नं. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले आ–आफ्ना विचार र सुझाव राखेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष चेतेन्द्र खड्का, वीरबहादुर राई, जीवन खतिवडा, कार्यकारिणी सदस्य तथा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here