सुरुङ्गामा दोस्रो फुड फेस्टिभल महोत्सव शुरु

0
82

सुरुङ्गा,

झापाको सुरुङ्गामा दोस्रो फुड फेस्टिवल तथा सांस्कृतिक पर्यटन प्रबद्र्धन महोत्सव संचालन भएको छ ।

नेपााल पर्यटन बोर्डसंगको सहकार्यमा होटल ब्यवसायी संघ झापाको आयोजना तथा संघको क्षेत्रीय समिति सुरुङ्गाको सह–आयोजनामा संचालन भएको महोत्सवको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक विशेष समारोहका वीच उद्घाटन गरेका हुन् ।

होटल व्यवसायी संघ जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन विशेष समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथीका रुपमा रहेका कनकाई नगरपालिकाका प्रमुख पोखरेलले पर्यटन प्रबद्र्धनका क्षेत्रमा कनकाई नगरपालिकाले आफ्नो अभियान संचालन गरिसकेको बताए ।

कनकाईको समृद्धि नै पर्यटनबाट सम्भव हुने भन्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले होटल व्यवसायी संघले संचालन गरेको महोत्सवले कनकाईको धार्मिक तथा साँस्कृतिक पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कनकाई –३ सुरुङ्गास्थित कृषि उपज बजार क्षेत्रमा संचालन भएको फुड फेस्टिवल महोत्सव वैशाख ११ गते सोमबारदेखि २३ गते शनिवार सम्म संचालन हुने महोत्सवको उद्घाटन गर्नु अघि विभिन्न जातजातिको आ–आफ्नो भेषभूषासहितको र्यालीले सुरुङ्गा बजार परिक्रमा गरेको थियो ।

भूकम्प र कोभिड महामारीबाट उठ्न नसक्दै आर्थिक मन्दीका कारण धरासायी बन्दै गरेका ब्यवसायीलाई चलायमान बनाउने उद्येश्यले महोत्सवको आयोजना गरिएको होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताएकी छिन् । साथै महोत्सवले स्थानीय धार्मिक संस्कृति एवं प्राकृतिक पर्यटनलाई प्रबद्र्धन गर्ने समेत उद्येश्य राखेको बताइएको छ ।

फुड फेस्टिवल महोत्सवमा राष्ट्रिय, अन्र्तराष्ट्रिय र स्थानीय स्तरका साथै जनजातीका संस्कृति र खानाका परिकार रहने होटल व्यवसायी संघ झापाका सचिव तथा महोत्सवका संयोजक खेम ओलीले जानकारी दिए । महोत्सवमा विभिन्न जातजातीका आ—आफ्नै परम्परा साथै संस्कार झल्कने खानाको परिकारका स्टलहरू राखिएको संयोजक ओलीले बताए ।

महोत्सवमा हरेक दिन स्थानीय तथा राष्ट्रिय कालाकारहरुको विशेष प्रस्तुती रहने आयोजक समितिले जनाएको छ । कार्यक्रम संयोजक ओलीले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन संघका महासचिव शिव पौडेलले गरेका थिए ।

कार्यक्रममा होटल व्यवसायी संघ केन्द्रिय समतिका उपाध्यक्ष रविन गौतम, संघको कोशी प्रदेश अध्यक्ष राजन दंगाल, राप्रपाका झापा जिल्लाा अध्यक्ष केशवप्रसाद ओझा, नेकपा एमाले जिल्ला सदस्य एवं कनकाई नगर ईञ्चार्ज रविन्द्र लम्साल, नेपाली कांग्रेसका जिल्ला सदस्य लिलाप्रसाद चिमरिया लगायतले लामो समयदेखि बन्द निषेधित शान्ति क्षेत्रका रूपमा छ्ट्टै पहिचान बनाएको कनकाई नगरीमा संचालन भएको दोस्रो फुड फेस्टिभल तथा सांस्कृतिक पर्यटन प्रबद्र्धन महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here