माई आइडलको अन्तिम छनौट बैशाख १६ मा

0
188

विमल दहाल, इलाम ।

प्रथम माई आइडल अन्तर्गत अन्तिम चरणको अडिसन बैशाख-१६ गते हुने भएको छ । अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न अडिसनबाट नौ जना छनौट भएका छन्।

विगत ४ महिना अघिबाट शुरु भएको माई नगरपालिका भित्रका गायन प्रतिभा छनौट कार्यक्रमबाट अरुण खाती, अनिल राई, सुबास रामदाम, केशव दुलाल, अन्जना सेन्चुरी, निरोज मगर, शान्ता लिम्बु,आदित्य खाती र आशिष कालिकोटे छनौट भएका छन्। उनीहरु विच १६ गते सितली खेल मैदानमा रोचक प्रतिस्पर्धा रहने छ।

माई आइडलको ग्रान्ड फाइनल २०७९ का प्रतिस्पर्धीहरुको प्रतिस्पर्धात्मक सुमधुर गीत प्रस्तुती साथमा द भ्वाईस अफ किट्स कि फष्ट रनर अफ अनुजा कडरियाको धमाकेदार साङ्गितिक माहौल, भित्ताघरे बुढोको मौसमी हास्य व्यंग्य रमाइलो कमेडी, भाइरल नृत्यकार आकृती तामाङको शानदार डान्स समेत प्रस्तुति रहने आयोजक संस्था पारिजात युवा समुह माई नगरपालिकाका संयोजक अनिल तामाङले जानकारी दिनुभयो ।

प्रतिभा छनौट कार्यक्रममा सङ्गीत गुरु दीपक रायमाझी र नेपाली चलचित्र क्षेत्रका नायक तथा मोडल श्रीकृष्ण भट्टराई प्रमुख निर्णायक रहनु हुने भएको आयोजकले जनाएको छ।

माई नगरपालिका भित्र चिसापानी,दानावारी र महमाईमा अडिसनवाट प्रतियोगी छनौट गरिएको थियो । दानाबारीको अडिसनबाट ८ जना, चिसापानीबाट ८ जना र महमाईबाट ९ जना गरि २५ जना छनौट गरिएकोमा बिभिन्न अडिसन पुरा गरी अन्तिम अडिसनका लागि ९ जना छनौट गरिएको आयोजक जनाएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई माई नगरपालिकाबाट नगद रु ५१ हजार सहित पुरस्कृत गर्ने मेयर खम्बा सिं लिम्बुले बताउनुभएको छ। अन्य पुरस्कार र व्यवस्थापनका लागि भने आयोजकले देश विदेशमा रहेका दाताहरुको खोजी गर्दै रहेको जनाईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here