अर्जुनधारा नगर वन उपभोक्ता महासंघको अध्यक्षमा श्रेष्ठ

0
104

अर्जुनधारा ।

अर्जुनधारा नगर वन उपभोक्ता महासंघको अध्यक्षमा भानुभक्त श्रेष्ठ चयन भएका छन् ।

महासंघको मंगलबार सम्पन्न दोस्रो नगर अधिवेशनबाट आगामी चार वर्षे कार्यकालको लागि उनी अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा मोहन श्रेष्ठ, सचिवमा मनकुमारी सञ्जेल र कोषाध्यक्षमा बुद्धकला फूँयेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा खगेन्द्र कोइराला, खीनामाया चौलागाईं, चन्द्र प्रसाईं, टीकादेवी गौतम, टेकनाथ अधिकारी, बिमला तामाङ, मीना विश्वकर्मा र युवराज आचार्य चयन भएका छन् ।

१३ सदस्यीयमध्ये बाँकी एक सदस्य कार्यसमितिको बैठकबाट मनोनित गरिने बताइएको छ । सोही अधिवेशनले जिल्ला प्रतिनिधितर्फ कोशी राई, झरेन्द्र खड्का, टंककुमारी संग्रौला, तारा आचार्य, तुलसीप्रसाद खतिवडा र दुर्गाप्रसाद दाहाल चयन भएका छन् ।

त्यसैगरी प्रदेश प्रतिनिधितर्फ चन्द्र प्रसाईं, टेकनाथ अधिकारी, देउनारायण राई, प्रभा नेपाल, भवानीदेवी चापागाईं र सविता द्यौलाकोटी चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक वेदप्रकाश भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

अर्जुनधारा–४स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेलको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले उद्घाटन गरेका थिए ।

महासंघ अध्यक्ष कट्टेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र प्रसाईं, हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देउनारायण राई, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडा, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष झरेन्द्र खड्का, दहीझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकनाथ अधिकारी, नमूना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष टीकादेवी गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महासंघका उपाध्यक्ष नन्दलाल खनालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य रुपनारायण समालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here