मुस्लिम आयोगका अध्यक्षद्वारा समुदायको हितमा जोड

0
99

झापा ।

मुस्लिम आयोगका अध्यक्ष समिति मिया अन्सारीले मुस्लिम समुदायको हक हितको संरक्षण र सम्वद्र्धनमा आफू लागीपर्ने बताएका छन् ।

नेपाल मुस्लिम समाज विकास समिति बाह्रदशीले आयोजना गरेको इद मिलन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले मुस्लिम समुदायको हक हितको संरक्षण र सम्वद्र्धन तथा समुदायको सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।

मुस्लिम समुदायको समग्र स्थितिको अध्ययन गरी नीतिगत, कानूनी र संस्थागत सुधारका विषयमा समेत नेपाल सरकार समक्ष सिफारिस गर्नेे उनको भनाइ छ । मुस्लिम समुदायसंग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको समीक्षा, अनुगमन तथा मूल्यांकन गर्ने र समुदायभित्र आर्थिक वा सामाजिक रूपमा पछाडि परेका व्यक्तिको विकास र सशक्तीकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको उनको भनाइ छ ।

नेपाल मुस्सिलम समाज विकास समिति बाह्रदशीका अध्यक्ष चान महमदको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र चम्लागाँई, नेपाल मुस्लिम संघ प्रदेश १ की उपाध्यक्ष फुलेरा खातुन, नेपाल मुस्लिम समाज विकास समितिका सल्लाहकार नसरुल्ला मुनादी, बाह्रदशी गाउँपालिका वडा नम्वर –४ का वडाअध्यक्ष महताव आलम, झापा गाउँपालिका वडा नम्वर –४ का वडाध्यक्ष ताहिर सिराज लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ता शिवाकोटी खरेल, वाह्रदशी वडा नम्वर –२ का वडाध्यक्ष भीमवहादुर कार्की, ३ का वडाध्यक्ष टंक साह, ५ का वडाध्यक्ष बीर वहादुरसिंह राजवंशी, ४ का निर्वतमान वडाध्यक्ष समिम मिया, नेपाल रेडक्रस सोसाइटी बाह्रदशी अध्यक्ष दयानन्द गोश्वामी, नेपाली कांग्रेसका नेता भगीरथ पोद्धार, डा. नवाव अली, बाह्रदशी उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्रबहादुर कार्की लगायतको आतिथ्य रहेको थियो ।

नेपाल मुस्लिम समाज विकास समिति बाह्रदशीका उपाध्यक्ष सहरव शेखले स्वागत गरेको कार्यक्रममा मदरसा तालिम इस्लामका मनाजुर आलमले नात पढ्ने काम गरेका थिए भने महवुव आलमले कुरानसरी तिलावत बाचन गरेका थिए । कार्यक्रमको सञ्चालन अलिम अख्तरले गरेका थिए ।

गाउँपालिकाद्वारा कम्प्युटर र प्रिन्टर प्रदान

बाह्रदशी गाउँपालिकाले नौ वटा मदरसाका लागि एक/एक थान कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष चम्लागाँई र र उपाध्यक्ष खरेलले बाह्रदशी मदरसा बोर्ड समिति अध्यक्ष सहिरुद्दीन मियालाई संयुक्त रुपमा कम्प्युटर र प्रिन्टर प्रदान गरेका थिए ।

सो समारोहमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानवहादुर पौडेललगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here