जुनकिरीलाई कुर्सी

0
91

बिर्तामोड ।

वीरता जेसीज बिर्तामोडले जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा –११ लाई १५ थान मिनी कुर्सी प्रदान गरेको छ ।

बिद्यालयको मेरुदण्ड नै नर्सरी कक्षा रहेको र जग नै मजबुत बनाउनु पर्ने भन्दै सहयोग गर्ने अभियान अन्तर्गत यस बिद्यालयका नर्सरी कक्षाका १५ जना विद्यार्थीहरुको लागि विव्यसका अध्यक्ष जगतबहादुर मगरलाई कुर्सी प्रदान गरिएको कार्यक्रम संयोजक नवराज अधिकारीले बताए ।

सामान्यतः प्राथमिक बिद्यालयहरुमा अनुदान नआउने र आए पनि पर्याप्त नहुने हुँदा संघ–सस्थाहरुको ठूलो सहयोग रहेको भन्दै प्रधानाध्यापक रञ्जीत परियारले दाताहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रम वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता एवम् बिर्तामोड नगरपालिका –६ का अध्यक्ष सूर्यप्रसाद कन्दङ्गवाको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा स्वागत तथा आस्था बाचन अजय अधिकारीले गरेका थिए । कार्यक्रममा अतिथिहरु बिब्यस अध्यक्ष मगर, अन्तलाल महतो, बिज्ञराज पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण कानूनी सल्लाहकार एलसी श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here