पहिलो सेमिफाइनलमा ‘अल इन वान’ र मिक्लाजुङ मोरङ भिड्ने

0
172

बिर्तामोड ।

झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलका खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक ‘अल इन वान’ क्लब बिर्तामोड र मिक्लाजुङ गाउँपालिका मोरङ भिड्दै छन् ।

क्वाटरफाइनलमा उत्कृष्ट प्रर्दशन गरेका दुवै टिम फाइनल प्रवेश गर्ने लक्ष्यकासाथ मैदान प्रवेश गर्ने तयारीमा छन् ।

‘अल इन वान’ले क्वाटरफाइनलमा धरान महिला फुटबल क्लब सुनसरीलाई टाईब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । मोरङको मिक्लाजुङले क्वाटरफाइनलमा महमाई एकता क्लब इलाम विरुद्ध १–० गोल अन्तरको जित निकालेको थियो ।

बिर्तामोड– १० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा हुने खेल दिउँसो ३ः३० मा सुरु हुने छ । आजको खेलको विजेताले बिहिबार नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्बल उदयपुरबिच हुने दोस्रो सेमिफाइनल खेलको जिवेतासंग १६ गते फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद दुई लाख दुई हजार र उपविजेताले एक लाख एक हजार रुपैंयाँ पुरस्कार पाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here