मानव अधिकार सञ्जाल झापाको अध्यक्षमा प्रा डा खनाल

0
133

झापा, मानव अधिकार सञ्जाल झापाको अध्यक्षमा प्राध्यापक डा रुपक खनाल चयन भएका छन् ।
सञ्जालको बिर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनबाट प्रा. डा खनाल अध्यक्षमा चयन भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्य तथा सञ्जाल झापा अध्यक्ष विष्णु खरेलको अध्यक्षतामा अधिवेशन भएको हो ।
अधिवेशनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम,वरिष्ठ अधिकारकर्मी सूर्य उप्रेती लगायतको आतिथ्य रहेको थियो । सो समारोहमा अधिकारकर्मी उप्रेतीलाई सम्मान समेत गरिएको थियो ।
अधिवेशनले उपाध्यक्षमा अधिवक्ता कविता वास्तोला, सचिवमा दीपक दाश, सह सचिव कुमार चुडाल र कोषाध्यक्षमा मिरा भट्टराई चयन गरेको छ ।
सदस्यहरुमा रणदेव हजाम, रञ्जन धमला, राजनारायण शाह, चन्चला सुब्बा, विकाश कोइराला, नरेश खाती , ज्ञानु थापा र चन्द्र चुडाल रहेका छन् । वाँकी एकस जना सदस्य पछि मनोनयन गरिने बताइएको छ ।
अधिवेशनमा स्वागत अधिवक्ता कविता वास्तोलाले गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेल, जिल्ला प्रहरी प्रमुख रेग्मी, सम्मानित व्यक्तित्व उप्रेती लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here