बाह्रदशीमा योग शिविर

0
161

झापा, बाह्रदशी गाउँपालिकामा योग शिविर सञ्चालन गरिएको छ । योगका माध्यमवाट नागरिकलाई निरोगी बनाउने उद्देश्यले बाह्रदशी ५ मुक्तिटोलामा शिविरको आयोजना गरिएको हो । १७ गतेसम्म सञ्चालन गरिने शिविरमा योग प्रशिक्षक रुद्र ओलीले योगा सहित प्रशिक्षण प्रदान गरिरहेका छन् ।
वाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा योग शिविर सञ्चालन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा योग शिविरको आयोजना गरिएको थियो ।
वाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जटा शंकर झा को अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तथा आयुर्वेद स्वास्थ्य शाखा व्यवस्थापन समिति उपाध्यक्ष राधिका भट्टराई, समाजसेवी शंकर शेढाई, डिल्लीराम निरौला, लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here