प्रथम टोलस्तरिय भलिबल प्रतियोगितामा टोल नं.१ प्रथम

0
262

अर्जुनधारा ।

नयाँ वर्षको अवसरमा झापाको अर्जुनधारा–११स्थित युवा तथा खेलकुद समितिको आयोजनामा शनिबार सम्पन्न भएको प्रथम टोलस्तरिय भलिबल प्रतियोगितामा टोल नं.१(बसपार्क) प्रथम भएको छ ।

स्थानीय महारानीगञ्ज माध्यमिक विद्यालयको खेलमैदानमा भएको उक्त प्रतियोगिताको फाइनलमा टोल नं.४(सालबारी)लाई २५–२१ र २५–१३को सोझो सेटमा पराजित गर्दै टोल नं.१ प्रथम भएको हो ।

वडाका पाँच वटा टोलको सहभागिता रहेको प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमलाई नगद पुरस्कार क्रमश १० हजार र पाँच हजारसहित मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी टोल नं.१का मनू लिम्बूलाई नगद पुरस्कार एक हजार पाँच सयसहित प्रमाण पत्र प्रदान गरिएको थियो । उक्त नगद पुरस्कार वडा सदस्य केशव अधिकारीले सौजन्य गरेका थिए ।

प्रतियोगिताका विजेता र उपविजेता टिमका खेलाडीहरुलाई वडाध्यक्ष खगेन्द्र इङनाम, वडा सदस्य अधिकारी, महारानीगञ्ज माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइराला, प्रधानाध्यापक मनबहादुर लिम्बू, समितिका अध्यक्ष आशिष राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

समितिका अध्यक्ष राईको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेकी थिइन् ।

सोही कार्यक्रममा पाँच वटा टोललाई समितिकोतर्फबाट कराते, तेक्वान्दो, फुटबल, भलिबल, ब्याडमिन्टन र क्रिकेट खेलका सामग्रीहरु वितरण गरिएको समितिका सचिव रुपक खतिवडाले जानकारी दिए । टोल नं.३का संयोजक नरेन्द्र खड्काले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन चन्द्र सुवेदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here