लेखक दिवसमा साहित्यकारलाई सम्मान

0
112

झापा ।

प्रथम लेखक दिवसको अवसरमा नेपाली लेखक संघ झापाले दुईजना साहित्यकारलाई सम्मान गरेको छ ।

लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता तथा गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार कोमल पोख्रेल र राजेन्द्रकुमार संग्रौलालाई सम्मान गरिएको हो ।

सम्मानित साहित्यकार पोख्रेल र संग्रौलालाई प्रमुख अतिथि थापाले सम्मान पत्र प्रदान गरेका थिए भने साहित्यकार विष्णुकुमार भट्टराई, केशव आचार्य, चन्द्र भण्डारी लगायतले दोसल्ला र रुद्राक्षको माला पहि¥याएर सम्मान गरेका थिए ।

संघका सचिव समिर कट्टेलले सञ्चालन गरेको कार्यक्रममा दयानन्द गोस्वामीले स्वागत गरेका थिए । औचित्यमाथि प्राज्ञसभा सदस्य मुनाराज शेर्माले प्रकाश पारेको कार्यक्रममा सम्मानित साहित्यकारहरुको सम्मान पत्र ज्ञानेन्द्र निरौलाले र मुनाराज शेर्माको बधाई पत्र राजेन्द्र गौतमले वाचन गरेका थिए ।

नेपाली लेखक संघका उपाध्यक्ष रहेका शेर्मा प्राज्ञ सदस्य भएको उपलक्ष्यमा उनलाई सम्मान गरिएको हो । शेर्मालाई साहित्यकार लीला उदासीले बधाई पत्र प्रदान गरेका थिए ।

बैशाख १६ र १७ गते लेखक दिवस मनाउने सन्दर्भमा ७१ वर्ष भारतबाट आवाज उठेको भए पनि लेखक संघ केन्द्रीय समितिको आह्वानमा पहिलोपटक दिवस मनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here