चिनियाँ ठेकेदार कम्पनीको लापरवाही १० महिनाको अवधिमा साढे २ किलोमिटरमात्रै कालोपत्र

0
88

बुटवल,

नारायणगढको १ सय १४ किलोमिटर सडक विस्तारको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनीले १० महिनाको अवधिमा साढे २ किलोमिटरमात्रै कालोपत्र गरेको छ । साउन यता उक्त कम्पनीले पूर्वीनवलपरासीको हर्कपुर खण्डको साढे २ किमि सडक कालोपत्र गरेको हो ।

सडकका कन्सलटेन्ट इन्जिनियर राकेश झाका अनुसार भेँडाबारीदेखि हर्कपुर चोकसम्मको करिब साढे २ किलोमिटर पक्की सडक निर्माण भएको छ ।

अब ५, ६ दिनभित्र साढे दुई किलोमिटर करिब १० सेन्टिमिटर बाक्लो कालोपत्र सकिन्छ । त्यहाँ कालोपत्र सकेर पश्चिमतर्फ नयाँ पिच गरिने उनले जनाए । ’अबको १५ दिनमा थप ३ किलोमिटर पिच सकिन्छ र त्यसपछि सदरमुकाम कावासोतीको जंगलमा काम सुरु हुन्छ,’ झाले भने ।

चिनियाँ ठेकेदार कम्पनीले बुटवल–नारायणगढको १ सय १४ किलोमिटर सडक विस्तारको काम १७ अर्ब रुपैयाँमा ठेक्का लिएको हो । गत साउन २२ गते सडक हस्तान्तरण गर्नुपर्ने सम्झौता भए पनि काम पूरा हुन सकेको छैन । साउनबाट यता सडक निर्माणका लागि एक वर्ष थप गरिएको छ ।

महेन्द्रराजमार्ग फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको चार वर्षको अवधिमा दाउन्ने गैंडाकोट खण्डमा कुल एकतर्फी करिब ६ किलोमिटर सडक कालोपत्र गरेको हो । दाउन्ने गैंडाकोट खण्डमा ठूला र साना पुल निर्माण पनि सुस्त छ । हालसम्मको कार्यप्रगति भने २६ प्रतिशत मात्र छ ।

रामजार्गमा डाइभर्सन गर्न भत्काइएको स्थानमा धुलैधुलोले यात्रा कष्टकर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here