कांग्रेस पाँचथर–काठमाडौँ सम्पर्कसमितिमा नयाँ नेतृत्व

0
57

काठमाडौँ,

नेपाली कांग्रेस पाँचथर काठमाडौंँ सम्पर्क समितिमा नयाँ नेतृत्व चयन भएको छ ।

राजधानीमा सम्पन्न तेस्रो अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

सो समितिको सभापतिमा लक्ष्मीनारायण तिमिल्सिना उपसभापतिमा गोमादेवी आङ्देम्बे र धनेद्रराज आङ्देम्बे निर्वाचित हुनुभएको सभापति तिमल्सिनाले राससलाई जानकारी दिनुभयो ।

यसैगरीे सचिवमा जीवन ढुङ्गेल र टीका अधिकारी, सहसचिवमा अनिल सेलिङ र छत्रबहादुर भण्डारी एवं कोषाध्यक्षमा पुनम फागो निर्वाचित हुनुएको छ । अधिवेशनमा सहभागी वक्ताले पार्टीले अब सच्चिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

नयाँ दल चुनौतीको रुपमा स्थापित भएकाले अब सक्किने कि सच्चिने भन्ने अवस्थासँगै चुनौती थपिएको उनीहरुले बताए । अधिवेशनले जिल्लाका पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने सङ्कल्प प्रस्तावसमेत पारित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here