शान्ता लिम्बू प्रथम माई आइडल

0
199

माई ।

प्रथम माई आइडल अन्तर्गत फाईनल चरणको अडिसनवाट शान्ता लिम्बू माई आईडल बनेकी छिन्। उनलाई माई नगरपालिकाको कार्यालयले प्रयोजन गरेको नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

माई नगरपालिका भित्रका ९ जना प्रतिस्पर्धी विच भएको फाइनल अडिसनमा फष्ट रनरअप सुवास रामदाम, सेकेन्ड रनरअप मनु खाती, र सान्तना केशब दुलाल बनेका छन्। उनीहरुले क्रमशः नगद २५ हजार, १५ हजार र ५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक संस्था पारिजात युवा समुहका संयोजक अनिल लामाले बताउनु भएको छ।

उत्कृष्ट प्रतिभाहरुलाई संगित प्रशिक्षक दिपक रायमाझी, माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वकर्मा, कलाकार होम मिश्र, पत्रकार विमल दहाल र समाजसेवी राधाकृष्ण अधिकारीले वितरण गर्नु भएको थियो ।

विगत ४ महिना अघिबाट शुरु भएको माई नगरपालिका भित्रका गायन प्रतिभा छनौट कार्यक्रममा अरुण खाती, जेनी राई, सुबास रामदाम, केशव दुलाल, अन्जना सेन्चुरी, निरोज मगर, शान्ता लिम्बु, आदित्य खाती र आशिष कालिकोटेले अन्तिम प्रतिस्पर्धा गरेका थिए।

माई आइडलको ग्रान्ड फाइनल २०७९ का प्रतिस्पर्धीहरुको प्रतिस्पर्धात्मक गीत प्रस्तुती साथमा द भ्वाईस अफ किट्स कि फष्ट रनर अफ अनुजा कडरिया, भित्ताघरे बुढोको हास्य व्यंग्य रमाइलो कमेडी, भाइरल नृत्यकार आकृती तामाङको डान्स लगायत प्रस्तुति रहेको थियो।

प्रतिभा छनौट कार्यक्रममा सङ्गीत प्रशिक्षक दीपक रायमाझी र नेपाली चलचित्र क्षेत्रका नायक तथा मोडल श्रीदेव भट्टराई प्रमुख निर्णायक रहनु भएको थियो।

माई नगरपालिका भित्र पहिलो पटक शुरु गरिएको माई आईडलमा चिसापानी,दानावारी र महमाईमा अडिसनवाट प्रतियोगी छनौट गरिएको थियो । दानाबारीको अडिसनबाट ८ जना, चिसापानीबाट ८ जना र महमाईबाट ९ जना गरि २५ जना छनौट गरिएकोमा बिभिन्न अडिसन पुरा गरी अन्तिम अडिसनका लागि ९ जना छनौट भएका थिए । सितली खेल मैदानमा भएको अडिसनमा करिब ३ हजार दर्शकको सहभागीता रहेको थियो।

प्रतियोगितामा प्रथम हुनेलाई माई नगरपालिकाबाट नगद रु ५० हजार सहित पुरस्कृत गरिएको छ भने अन्य पुरस्कार देश बिदेशमा रहेका दाताहरुको सहयोगमा वितरण गरएको आयोजकले जनाएको छ।

आयोजक संस्थाका संयोजक अनिल लामाको अध्यक्षता, माई नगरपालिकाका मेयर खम्बा सिं लिम्बुको प्रमुख आतिथ्यता, संगम लिम्बु र सोफिया आङदेम्बेको सन्चालनमा माई आईडल प्रतियोगिता सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here