नेम फाउण्डेसनद्वारा छात्रवृत्ति वितरण

0
205

सुरुङ्गा ।

गैरनाफामूलक सामाजिक संस्थाको रूपमा रहेको नारायणी मेमोरियल फाउण्डेसन (नेम फाउण्डेसन) द्वारा ३६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

कन्काई मावि सुरुङ्गाको सभाहलमा फाउण्डेसनका अध्यक्ष वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिको पहिलो किस्ता वापतको जनही ६ हजार नगद प्रदान गरिएको थियो । दोस्रो किस्ता वापतको ४ हजार रुपैयाँ असोजमा वितरण गरिने बताइएको छ ।

सामाजिक, शैक्षिक, साहित्यिक एवम् स्वास्थ्य क्षेत्रमा सहयोग गरी ती क्षेत्रको विकासमा योगदान पु¥याउने मूल अभिष्टका साथ स्थापित यो फाउण्डेसनले स्थापनाको छोटो अवधिमै प्रगति गर्दै गएको छ । यो फाउण्डेसनले मानव अधिकार, महिला तथा बालअधिकारको संरक्षण गर्ने पनि आफ्नो लक्ष्य बनाएको छ ।

यो फाउण्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ अधिवक्ता पाठकले आफ्नी पत्नी नारायणी पाठकको स्मृतिमा समाजसेवाको महान् यात्रामा निस्कने उद्देश्यका साथ यो फाउण्डेसन स्थापना गरेका हुन् । पत्नी नारायणीको कोभिड–१९ का कारण २०७८ साल जेठ १२ गते बुद्धपूर्णिमाका दिन काठमाण्डौंमा निधन भएको थियो ।

छात्रवृत्ति वितरण कार्यक्रममा फाउण्डेसनका सचिव एवम् नरेन्द्र र नारायणीका छोरा प्रदीप पाठकले एक गैरनाफामूलक जनहितकारी परोपकारी सामाजिक संस्थाको रूपमा यो संस्था अघि बढ्ने बताए ।


संस्थाले हाल झापा, ताप्लेजुङ र ते¥हथुमका ५१ जना विद्यार्थीलाई वार्षिक १० हजारका दरले छात्रवृत्ति दिँदै आएकोमा आगामी सालदेखि थप २५ जनालाई छात्रवृत्ति प्रदान गरिने र छात्रवृत्ति रकममा पनि समयानुकूल वृद्धि गरिने सचिव प्रदीप पाठकले जानकारी दिए ।

गैरनाफामूलक, गैरराजनीतिक तथा गैरसरकारी, जनहितकारी, परोपकारी सामाजिक संस्थाको रूपमा २०७९ सालमा स्थापित यो संस्थामा शुरुमा ५० लाख रुपैयाँ अक्षयकोष राखिएको थियो भने हाल विभिन्न उदारहृदयी दाताहरूबाट ७० लाख थपी कुल १ करोड २० लाख रुपैयाँ अक्षयकोष रहेको सचिव पाठकले बताए । छात्रवृत्ति वितरणका अतिरिक्त पुस्तक प्रकाशन तथा अन्य सामाजिक गतिविधि पनि संस्थाले गर्दै आएको फाउण्डेसनका सञ्चालक शारदा पाठकले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी सावाँ लिम्बूले कोभिड–१९ को कारण सृजित आर्थिक मन्दीको समयमा पनि पाठक परिवारद्वारा फाउण्डेसन स्थापना गरी समाजसेवाको काम गर्नु स्तुत्य र अनुशरणीय रहेको बताए ।

कार्यक्रममा कन्काई मावि सुरुङ्गाका प्रअ कर्णबहादुर डाँगी, सरस्वती मावि कमल गाउँपालिका, बा¥हघरेका प्रअ रुकमान लिम्बू, फाउण्डेसनका सल्लाहकार संयोजक तिलचन्द्र उप्रेती, कनकाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष तुलसी बिमली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका सबै वक्ताले गरिब, जेहेन्दार र समस्यामा परेका विद्यार्थीलाई कक्षा १२ सम्म अध्यापन गराउन छात्रवृत्ति प्रदान गरेकोमा प्रशंसा गर्दै फाउण्डेसन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको एक उच्च संस्थाको प्रतिष्ठा हासिल गर्न सफल बन्ने विश्वास व्यक्त गरेका थिए ।

फाउण्डेसनका प्रमुख संरक्षक पदमादेवी पाठक, शिक्षासेवीहरू ईश्वरीप्रसाद शिवाकोटी र जनार्दन उप्रेती, कन्काई मावि सुरुङ्गाका विव्यस अध्यक्ष चन्द्रप्रसाद प्रसाईं, पीटीए अध्यक्ष रमेश शेर्पा, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका प्रमुख विकासप्रसाद उप्रेती, चम्पापुर माविका प्रअ विष्णुप्रसाद कोइराला, डिल्लीराज माविका प्रअ वीरन्द्रप्रसाद गुप्ता, लालपानी माविका प्रअ बालकृष्ण प्रसाईं, जनआदर्श मावि शिवगञ्जका प्रअ तुलसीप्रसाद अधिकारी, भृकुटी मावि दुर्गापुरका प्रअ चण्डिकाप्रसाद उपाध्याय, पञ्चरत्न मावि चारपाने चैतुवाडीका प्रअ योगेन्द्रमणि दाहाल, सरस्वती मावि जामुनाबारीका प्रअ नारायणप्रसाद अधिकारी, कनकाई नगरपालिकाका स्रोतव्यक्ति मेदनीप्रसाद पाठक, भगवती आधारभूत विद्यालय कनकाई–५ का प्रअ खड्गप्रसाद बिमली, युवा समाजसेवी विशाल खनाल, भृकुटी आधारभूत विद्यालय शरणमतीका प्रअ मदनकुमार भण्डारी लगायतको कार्यक्रममा आतिथ्य रहेको थियो ।

फाउण्डेसनका सञ्चालक ओमप्रसाद पाठकको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भगवती आधारभूत विद्यालय कनकाई–५ का शिक्षक रामकुमार पाठकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here