साउथ चाइना सीमा चीनले आतंक सिर्जना गरेको अमेरिकाको आरोप

0
113

काठमाण्डौं ।

अमेरिकाले चीनमाथि साउथ चाइना सीमा आतंक सिर्जना गरेको आरोप लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्ति जारी गर्दै चीनले फिलिपिनी समुद्री जहाजहरुलाई सताउने गरेको बताएका हुन् ।

साउथ चाइना सीमा आतंक मच्चाएको समेत उनले आरोप लगाएका छन् ।उनले त्यस्ता गतिविधि तत्काल रोक्न पनि चीनलाई आह्वान गरेका छन् । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसलाई ह्वाइट हाउसमा स्वागत गर्नु दुई दिन अघि अमेरिकी विदेश मन्त्रालयले फिलिपिन्सलाई चीनले सताइरहेको आरोप लगाएको हो ।

साउथ चाइना सीका साथै प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय जलसन्धि लागू गराउन अमेरिका प्रतिवद्ध रहेको प्रवक्ता मिलरले बताएका छन् । फिलिपिनी सेनासँग मिलेर अमेरिकाले काम गर्ने पनि उनले उल्लेख गरेका छन्।

प्रवक्ता मिलरले गत शुक्रबार चिनियाँ तटीय सुरक्षा गार्डले फिलिपिन्सको एउटा पानी जहाजलाई ठक्कर दिन खोजेको बताएका छन् । त्यस्ता क्रियाकलाप तत्काल रोक्न चीनलाई उनले चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here