कानेपोखरी गाउँपालिकामा ताला, वडाध्यक्षले दिए राजिनामा

0
120

छविराज ढकाल /पथरी शनिश्चरे,

कानेपोखरी गाउँपालिकाको कार्यलय भवन सार्ने निर्णयको विरोधमा जनताले कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङनामको कार्यकक्षमा ताला लगाएका छन् ।

गाउँपालिकाले गलत निर्णय गरेको भन्दै उनीहरुले ताला लगाएका हुन्। ताला लगाउदै नेकपा एमालेबाट निर्वाचित वडा नं. ६ का वडाध्यक्ष खड्ग बहादुर बस्नेतले राजिनामा समेत दिएका छन् ।

कानेपोखरी गाउँपालिकाले बैशाख १७ गतेको १३ औं गाउँ सभाबाट दुई तिहाई बहुमतका साथ नगरको भवन वडा नं. ५ भैंसावारी सार्ने निर्णय गरेको थियो । कानेपोखरी वडा नं. ६ वाट केन्द्र सार्दा समग्र कानेपोखरीवासीको हित नहुने भन्दै एमाले निकट युवा संघ पुर्व जिल्ला अध्यक्ष नविन पौडेल लगायतका एमालेका नेता र कार्यकर्ताले पनि सामुहिक राजिनामा दिएको घोषण गरेका छन् ।

एमालेको बहुमत रहेको गाउँपालिकामा एमाले निकटका नेता र कार्यकर्ताको अगुवाईमा जनताले ताला लगाएका थिए । पालिकाले संघीय सरकारले गरेको प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न काठमाडौंसम्म गएको कारण, सरुवाभै आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिनुको कारण, जग्गा खरीदमा आशंका भएको र छानविन हुनु पर्ने माग सहित जनताले ताला लगाएका छन्।

गाउँपालिकाको भवन बनाउन वडा नम्वर ५ मा १ विघा क्षेत्रफल जग्गा खरिद गरेको छ । हाल गाउँपालिकाको भवन वडा नं. ६ मा संचालन हुदै आएकोछ । नेकपाएमाले गाउँपालिका अध्यक्ष तथा पालिका प्रवक्ता शुसिल बुढाथोकीले न्यायका र कानेपोखरीबासीको पहुँचका लागि मापदण्ड पुरा गरि गरिएको निर्णयलाई आत्मासाथ गर्न अनुरोध गर्दै विज्ञप्ती पनि जारी गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here