गाडी सहित धानको बीऊ प्रहरीको नियन्त्रणमा

0
67

पथरी शनिश्चरे ।

मोरङको लेटाङ ४ स्थित एक एग्रो पशु औषधि क्लिनिकमा भ्याट बिलमा उल्लेख नभएको अवैध धानको बीऊ बिक्री गर्ने एक व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार लेटाङ–४ मा रहेको एक एग्रो पशु औषधि क्लिनिकमा भ्याट बिलमा उल्लेख नगरी १४० केजी धानको बीउm गाडीबाट झार्दै गरेको अवस्थामा झापाको बिर्तामोडका एक व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

एशियन एग्रो सिड्स प्रालि बिर्तामोडबाट बिर्तामोड नगरपालिका वडा नं ५ का भानुभक्त नेपाललाई प्रहरीले अनलाईन बिलिङ सिस्टममा उल्लेख नभएको छली गरेको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

लेटाङकी दुर्गा देवी ढकालले सञ्चालन गरेको मानस्बी एग्रो पशु औषधी क्लिनिकमा झारिरहेको अवस्थामा ड्युटीमा खटिएको प्रहरी टोलीले फेला पारी प्रदेश १–०१–००१ च ७७८१ नम्बरको पिकअप गाडी सहित धानको बीउm आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको लेटाङ्ग प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here