चिनियाँ जासुसी संयन्त्र डरलाग्दो

0
123

काठमाण्डौं ।

पछिल्ला दशक चीनले व्यापक विकास गरे पनि यसका धेरै कुरा छानबिनका विषय हुन सक्छन्। यसका गुप्तचर निकायले विकासका रहस्यबारे अन्तर्राष्ट्रिय निकायलाई छानबिन गर्न जसोतसो गरेर रोक लगाएका छन्।

चीनले लुकाएको सूचना संसारका धेरै देशका लागि समस्या बनेको छ। अन्य धेरै देशको सूचना चीनले प्राप्त गर्ने तथा चीनका बारे कुनै पनि सूचना नआउने अहिले प्रमुख समस्या बनेको छ।

चिनियाँ इन्टलीजेन्स सर्भिस (सीआइएस)अहिले संसारमा नै प्रोपोगान्डा मच्चाउन सफल भएको छ। आफ्नो इच्छा लागू गर्नकै लागि सीआईएसले कुनै कसर बाँकी नराख्ने तथा अन्य देशले सूचना लिक गर्ने भएका कारण संसारका धेरै तेस्रो विश्वका देश चिनियाँ मारमा परेका छन्। शक्तिशाली देश पनि चिनियाँ जासुसी गिरोहका अघि निरीह भएका छन्।

सीआइएसले अन्य इन्टलीजेन्स जस्तो सामान्य काम गर्ने त कुनै सम्भावना नै थिएन। चीनले यस अगाडि नै अन्य देशबाट डेडा उतारेर आफ्नो देशको विकासका लागि प्रयोग गर्ने गरेको तथ्यसमेत खुलासा भएको छ। यो डेटा प्रयोग गरेर चिनियाँ व्यापार, शिक्षण प्रतिष्ठान र जीवन यापनको कुरासमेत चलेको जनाइएको छ।

सस्तोमा इन्टलीजेन्स सञ्चालन गर्ने पुरानो परम्परा छाडेर सीआइएसले बहुरूपमा इन्टलीजेन्स प्रणाली सञ्चालन गर्दै आएको छ। सीआइएस नागरिक र सैन्य दुवै विषयसँग सम्बन्धित छ। यसको पछिल्लो नागरिक निकाय मिनिस्ट्री अफ स्टेट सेक्युरिटी ( एमएसएस) हो। यसको केन्द्रीय र महानगरीय निकाय छन्।

विदेशीको शक्ति र क्षमताको बारे जानकारी दिँदै भविष्यकाबारे पनि योजना बुन्न यसले सहयोग गर्नेगर्छ। मिनिस्ट्री अफ पब्लिक सेक्युरिटी (एमपीएस) का आन्तरिक र बाह्य सहायक छन्। तर, यसले घरेलु इन्टलीजेन्समा धेरै काम गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here