दार्चुलामा हिमपहिरो अपडेट : सात जनाको उद्धार, अझै पाँच जना बेपत्ता

0
99

काठमाडौं ।

दार्चुलाको व्यास गाउँपालिका–१ बोलिनमा मंगलबार दिउँसो गएको हिमपहिरोमा पुरिएका मध्ये सात जनाको उद्धार गरिएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् ।

हिमपहिरोमा १२ जना पुरिएकोमा ६ जना पुरूष र एक महिलाको सकुशल उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । चार महिला र एक पुरूष अझै बेपत्ता रहेका छन् ।

केही दिन यता लगातार परेको पानी र हिउँका कारण बेपत्ताको खोजी गर्न समस्या भएकोे बताइएको छ । उनीहरू सबै जना यार्सागुम्बा खोज्न हिँडेका थिए । त्रिपालमा बसिरहेको बेलामा हिमपहिरोले उनीहरूलाई पुरेको हो । सशस्त्र प्रहरीको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ ।

यस्तै, बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् । बझाङको सुर्मा गाउँपालिका–१ मा सोमबार राति हिमपहिरोमा पुरिएर द्यौलीचौर घर भएकी ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यार्सागुम्बा टिप्न गएकी बेपत्ता बोहराको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । ईमेजखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here