कांकरभिट्टा नाकाबाट भन्सार छलेर भित्राइएको मोटर पार्टस र इलेक्ट्रिक सामान बोकेको मारुती नियन्त्रणमा

0
65

झापा ।

काँकरभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको मोटर पार्टस र इलेक्ट्रिक सामानसहित एउटा गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको प्रहरी टोलीले पूर्व– पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका ७ स्थित निन्दा पुल नजिकै सवारीसाधन चेकजाँचको क्रममा भारतीय नम्बर प्लेट भएको डब्लू बी ७४ एटी ३९४० को मारुती सुजुकी गाडीको डिक्कीबाट एक लाख ८९ हजार ५० रुपैयाँ मुल्य बराबरको मोटर पार्टस र इलेक्ट्रिक सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल कोसी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले जनाएको छ ।

सो गाडीभित्र रहेको समानको भन्सार प्रज्ञापन पत्र, सुविधा तथा इजाजत पत्र समेत फेला नपारेपछि गाडीसहित सामान जफत गरिएको सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय कोसी प्रदेश सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले जानकारी दिए ।

बरामद गरिएको सामानसहित गाडीको १५ लाख रुपैयाँ मूल्याङ्कन तोकेर १६ लाख ८९ हजार ५० रुपैयाँ मुल्य तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको उनले बताए । पछिल्लो समयमा सीमा नाकाबाट हुने चोरी तस्करीमा डीआइजी पोखरेलले सक्रियता बढाएसँगै सशस्त्र प्रहरी धमाधम भन्सार छलीका सामान बरामद गर्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here