शिलान्यास भएको चार महिनामै मन्दिर निर्माण सम्पन्न

0
125

अर्जुनधारा ।

शिलान्यास भएको चार महिनामै झापाको अर्जुनधारा–१०स्थित जलकन्या भगवती माता मन्दिर परिसरमा गंगेश्वर शिव पाञ्चायन मन्दिर निर्माण सम्पन्न भएको छ ।

स्थानीय जलकन्या किर्तन मण्डलीको अगुवाइमा निर्माण सुरु भएको उक्त मन्दिरको गत पुस ११ गते बिर्तामोड–३ निवासी दाता माता झुमादेवी बस्नेत र अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देलबाट संयुक्तरुपमा शिलान्यास भएको थियो ।

नवनिर्मित मन्दिरको शुक्रबार आयोजित एक कार्यक्रमकोबिच प्रमुख अतिथि अर्जुनधारा जलेश्वर धामका मूल अर्चक सिग्देलले उद्घाटन गरेका थिए । नवनिर्मित मन्दिरमा यही वैशाख १८ गतेदेखि नै विधिवत पूजाअर्चना गरि गंगेश्वर महादेवसहित अन्य देवीदेवताको मूर्तीको प्राणप्रतिष्ठा गरि स्थापना गरिएको हो ।

प्यागोडा शैलीमा निर्मित उक्त मन्दिरको अनुमानित लागत ३० लाख भन्दा बढी रहेको मण्डलीका सल्लाहकार शिव अधिकारीले जानकारी दिए । १५ं.५ फिट लम्बाई र १५.५ फिट चौडाईको क्षेत्रफलमा नवनिर्मित उक्त मन्दिर तीन तलाको छ ।

मन्दिर निर्माण गर्न मण्डलीको आयोजनामा गत तिहारमा सम्पन्न भएको देउसीभैलोबाट संकलन भएको पाँच लाख रुपैयाँ, माता बस्नेतबाट तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ, अर्जुनधारा–१० निवासी प्रकाश खतिवडाबाट दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ, अर्जुनधारा–१० निवासी चन्द्र गिरीबाट एक लाख ११ हजार एक सय ११ रुपैयाँ, हाल अमेरीका निवासी कैलाश विष्टबाट एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग रकम प्राप्त भएको थियो । सल्लाहकार अधिकारीका अनुसार बाँकी रकम अन्य दाताहरुबाट प्राप्त भएको हो ।

मण्डलीका अध्यक्ष लक्ष्मण अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्दिर निर्माण कार्यमा सहयोग पु¥याउने ७० जना भन्दा बढी दाताहरुलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष भूपेन्द्र न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मन्दिर व्यवस्थापन समितिका सचिव एवम् मण्डलीका सल्लाहकार ओमप्रकाश भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सल्लाहकार रुद्र खतिवडा र चन्द्रकला पौडेलले गरेका थिए ।

धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने उद्देश्यले विभिन्न धार्मिक गतिविधि हुँदै आएको जलकन्या भगवती माता मन्दिरमा आगामी दिनमा बुद्धको मूर्ती, शेष नागको मूर्ती स्थापना गर्ने समितिको लक्ष्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here