इलाम फिक्कलमा घर निर्माण गर्ने क्रममा चार जना भारतीय मजदुरको मृत्यु

0
99

इलाम ।

इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा घर निर्माण गर्ने क्रममा चार जना भारतीय मजदुरको पुरिएर मृत्यु भएको छ ।

शुक्रबार साझ घरको जगको प्लम हाल्दै गर्दा माथीबाट झरेको सुक्खा पहिरोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय बिनोदश्रेष्ठको घर निर्माणको काम उनीहरुले आजैबाट थालेका थिए । मृतक १८ देखि २५ बर्ष उमेर समुहका छन् ।

पुरिएर मृत्यु हुँनेमा भारतको किसनगंज डिगल बैंकका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम रहेको पुष्टि भएकोइलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनु भयो । घर निर्माणका ठेकेदार ममत अलाम सहित चार जना भागेर बाच्न सफल भएका छन्।

सबै कामदारहरु केहि समय अघि देखि सूर्योदय नगरपालिकाका बिभिन्न स्थानमा घर निमर्माणकोकाम गर्दै आएका थिए ।

घरको जग खन्ने क्रममा एक्कासी माथीबाट पहिरो झरेर पुरिएका मजदुरको घटना स्थलमै मृत्यु भएको हो । प्रहरी , जनप्रतिनिध र स्थानीयले उद्धार गरे पनि माटोमा पुरिएका कारण खोजन ढिला भएको थियो । कुन ठाउँमा पुरिएको हो भन्ने थाहानभए पछि शब निकाल्न ढिला भएको थियो ।

प्रहरी निरीक्षक राईले कहा पुरिएको भन्ने नै अनुमान गर्न नसक्दा जेसीबीले खनेर शब निकालिएको जानकारी दिनुभयो । सूर्योदय नगरपालिका वडा नं। १० का वडाध्यक्ष पेमा उगेन लामाका अनुसार भर्खरै खनिएको घडेरीमा माथीको जमिन कच्ची भएकाकारण पहिरो खसेको हुन सक्ने बताउनु भयो ।

समथर भू–भाग भएका कारण जोखीम जस्तो नदेखिए पनि माथीबाट शुक्खा पहिरो झर्दामजदुरको ज्यान गएको छ । शवलाई फिक्कल अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार भोलि शनिबार पोष्टमार्टम गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here