ग्रासरुटमा खटिएकालाई सम्मान

0
62

झापा ।

मिसन ग्रासरुट अभियान अन्तर्गत नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले विस्तारित बैठक सम्पन्न गरेको छ ।

कोशी प्रदेशका खानेपानी, सिञ्चाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वोको आतिथ्यमा वैठकको आयोजना गरिएको हो ।

एमालेको राष्ट्रिय कार्यक्रम अन्तर्गत मिसन ग्रासरुट अभियानमा केन्द्रीय प्रतिनिधिका रुपमा जिम्मेवारी निभाएका पार्टीका पोलिटव्यूरो सदस्य समेत रहेका मेन्याङ्वोले अब नेपालमा आर्थिक क्रान्तिको आवश्यकता रहेको औंल्याए ।

कार्यक्रममा मिसन ग्रासरुटमा खटिएका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो । केन्द्रीय प्रतिनिधि मेन्याङवो, केन्द्र, प्रदेश र जिल्लाका नेताहरु नन्दीकेशर अधिकारी, छविलाल चुडाल, लक्ष्मण पाठक, देविन्द्र चम्लागाई, तोयानाथ पोखरेल, भूपेन्द्र कटुवाल, लक्ष्मी राजवंशी, शेर बहादुर तामाङ र मिना सेन्च्युरीलाई सम्मान गरिएको थियो ।

मिसन ग्रासरुट अभियानको प्रतिवेदन सार्वजनिक गर्दै पार्टीका क्षेत्रीय संयोजक लक्ष्मण पाठकले उपलब्धी, समस्या र समाधानका उपायका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले कोशी प्रदेश सबै समुदायको साझा पहिचान भएको बताए । उनले प्रदेशको नामकरणमा धेरै आन्दोलन गरिरहन आवश्यक नरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here