शान्ति चोकमा युवा समितिको रक्तदान कार्यक्रम सम्पन्न

0
155

अर्जुनधारा ।

युवा समितिको आयोजना र अर्जुनधारा–१ नं. वडा कार्यालयको आर्थिक सहयोगमा स्थानीय नमूना बजारमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

समितिका अध्यक्ष तीवेन्द्र काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष काफ्लेले रक्तदान गर्दै उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी झापा शाखा र नेरेसो खुदुनावारी उपशाखाको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा ३४ जना दाताले रक्तदान गरेको अध्यक्ष काफ्लेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here