डा.योगी विकाशानन्दद्वारा अर्जुनधारा जलेश्वर धामको दर्शन

0
113

अर्जुनधारा ।

दार्शनिक डा.योगी विकाशानन्दले शनिबार झापाको अर्जुनधारा–७स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामको दर्शन गरेका छन् ।

मनोक्रान्ति दर्शन प्रतिपादन गरेका विकाशानन्द नेतृत्वको टोलीलाई धाम व्यवस्थापन समितिका महासचिव शिवलाल खतिवडा र धामका मूलअर्चक अग्निप्रसाद सिग्देललगायतले स्वागत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा विकाशानन्दले आध्यात्मिक प्रवचनसँगै हिप्नोसिस(मन खाली पार्ने विद्या) र गाभा ध्यान गराएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here