नेपालबाट जाने बिद्यार्थीहरुलाई ४० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने

0
106

झापा, भारतको राजस्थानमा सञ्चालित डुण्डलोड स्कुलले नेपालबाट अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई ४० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । स्कुल ब्यवस्थापनले सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाली बिद्यार्थीलाई प्राथमिकतामा राखेर छात्रवृत्ति  उपलब्ध गराउने जानकारी दिएको छ ।
स्कुल ब्यवस्थापनका सेक्रेटरी विएल रणवाले अन्तराष्ट्रियस्तरको शिक्षा सुलभ शुल्कमा उपलब्ध गराउँदै आएको बताए । बिद्यालयमा ब्यवहारिक शिक्षा र नैतिक शिक्षा उपलब्ध हुनुका साथै सुरक्षाको राम्रो ब्यवस्था रहेकाले नेपाली अभिभावकले सो स्कलमा आफ्ना छोराछोरी अध्ययनका लागि पठाउने बिश्वास उनले ब्यक्त गरे ।
राजस्थानका बिभिन्न शहरहरुमा डुण्डलोडका तीन वटा स्कुल सञ्चालनमा छन् । डुण्डलोड पब्लिक स्कुल, डुण्डलोड गल्स स्कुल र डुण्डलोड बोर्डिङ स्कुल एउटै ब्यवस्थापनद्धारा सञ्चालनमा रहेको रणवाले बताए । शिक्षाको लागि देशको भौगोलिक सिमाना नहुने भन्दै रणवाले नेपाली बिद्यार्थीको रोजाईमा पर्न डुण्डलोड सफल हुने समेत दावी गरे ।
डुण्डलोडमा बच्चा पढाइरहेकी बिर्तामोडकी निलम अग्रवालले स्कुल ब्यवस्थापनको उच्च प्रशंसा गरिन् । उनले बच्चाको सुरक्षा, ब्यवहारिक शिक्षा लगायतमा पुर्ण बिश्वस्त रहेको धारणा राखिन् । बच्चाको बसाई, खानपान र अध्ययनमा स्कुलले सम्झौता नगरेको पाइएको उनको भनाई थियो ।
पहिलो पटक भारतबाहेकका देशमा बिद्यार्थी भर्ना अभियान शुरु गरेको बताउँदै डुण्डलोडका निर्देशक राहुल रणवाले एक पटक ब्यवथापनसँग भेटेर आफ्ना बच्चाहरुको भविष्य सुरक्षित गर्न अभिभावकसँग आग्रह गरे । बिर्तामोडको किङसवरी होटलमा आयोजित कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति, अभिभावक र झापाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here