कश्मिरमा शान्ति नचाहने पाकिस्तान, चीनको शिन्ज्याङका मुस्लिमको पिडा किन देखिन्न

0
81

एजेन्सी,

चिनियाँ सरकारले उइग्युर मुस्लिम अल्पसङ्ख्यकको संस्कृतिसँग जोडिएका १६० संस्थाहरू बन्द गरे पनि पाकिस्तान किन मौन ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘चीनको सिन्जियाङ उइगुर स्वशासित क्षेत्रको नागरिक मामिला ब्युरो’ ले उइग्युर अल्पसङ्ख्यकको संस्कृतिसँग जोडिएका १६० संस्थाहरू बन्द गर्न निर्देशन दिएको थियो । बिजिङको निर्देशनमा सिन्ज्याङ प्रान्तमा उईगर मुस्लिम माथी हुने नरसंहार बारे मौन किन पाकिस्तान भ्नदै मुस्लिम नागरिकहरुले बिरोध प्रदर्शन गर्दै आएका छ्न ।

चीनले यस्ता नीति ‘आतंक विरुद्धको युद्ध’ अन्तर्गत रहेको जनाउँदै आएको थियोे । यद्यपि चीन सरकारको यो कदम उइग्युर सँस्कृति र अल्पसङ्ख्यकलाई दमन गर्ने उद्देश्यले प्रेरित रहेको उइग्युर अभियन्ताहरूले जनाएका छन् ।

चीन सरकारले भन्ने गरेको आतंक विरुद्धको युद्ध खासमा उइग्युर विरुद्धको युद्ध रहेको अल्टान भोकेसनल ट्रेनिङ स्कुल अफ उइग्युरका संस्थापक कसिमजान अब्दुरेइम बताउँछन् ।महिला युवतीहरुसँग चिनियाँ सैनिक यौन उत्पीडन देखि मानवअधिकार हनन विरुद्ध उईगरको पक्षमा बहस शुरु बेला धार्मिक कार्यक्रम माथी समेत प्रतिबन्धले चीनको कम्युनिस्ट सरकारको मानशिकता उजागर गरेको छ ।

चीन सरकारको सूचीमा परेका १६० संस्थाहरूमा अल्टान भोकेसनल ट्रेनिङ स्कुल अफ उइग्युर, दोलान फार्मर पेन्टर्स एसोसिएसन, उइग्युर क्लासिकल लिटरेचर एन्ड मुकाम रिसर्च एसोसिएसन, इन्तिल ल्याङ्ग्वेज स्कूललगायत रहेको जनाइएको छ ।

जि २० सम्मेलन आएका पाकिस्तानका बिदेश मन्त्री लाई भारतीय बिदेश एस जय शंकरले कस्मिर बारेमा कडा गर्दा , सम्मेलन छोडेर भागेका थिए । चीनमा हुने सिन्ज्याङका मुस्लिम बारे मौन बस्ने पाकिस्तानी कस्मिर्को कुरा गर्न खोजेका हुन । यता जम्मु कस्मिरमा शान्ति आएको छ ।

पाकिस्तानकाले समेत चीनमा हुने उईगर माथी अत्याचार , हिंसा बारे मौन रहेको भन्दै सरकार विरुद्ध प्रदर्शन हुन थालेको छ । कसिमजानका अनुसार चीनको प्रतिबन्धित सूचीमा रहेका संस्थामध्ये अधिकांश उइग्युर मुसलमान आफैँले स्थापना गरेका छन् । उनका अनुसार सिन्जियाङ कम्युनिष्ट पार्टीका नयाँ सचिव मा सिङरुइले पनि चीन सरकारको उइग्युरलाई दमन गर्ने नीतिलाई जारी नै राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here