झापा अर्जुनधाराका बेपत्ता लोकप्रसाद पराजुली मृत फेला

0
136

ताप्लेजुङ,

पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता हुनुभएका झापाअर्जुनधारा नगरपालिका– ५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला पर्नुभएको छ ।

पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मानसिकरुपमा सामान्य अस्वस्थ रहनुभएका ६० वर्षीय पराजुली आज बिहान मृत अवस्थामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भरियामार्फत मन्दिर जाँदै गर्दा बीचबाटोमै पिसाब फेर्न भन्दै निस्किनुभएका पराजुली उक्त समयदेखि नै बेपत्ता हुनुभएको थियो । पिसाब फेर्न निस्किनुभएका पराजुली लामो समयसम्म नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीको टोली खोजीमा लागेको थियो ।

झापाबाट गत १९ गते श्रीमति, छोरा, बुहारी, नातिनी र आफन्तसहित आउनुभएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीस्थित होटलमा बसेर बिहान भरियामार्फत मन्दिरतर्फ जानुभएको थियो । पराजुलीको शव कानुनी प्रक्रिया पूरा गरेर निकाल्ने तयारी भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here