पेस्तोलसहित एक पक्राउ

0
32

नेपालगञ्ज, 

बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाललाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

उनको साथबाट मेडइन युएसए लेखिएको एक राउण्ड गोली समेत बरामत भएको छ । रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here