प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

0
79

झापा।

झापाको मेचीनगर नगरपालिका र दमक नगरपालिका दुई स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ स्थितमा चेक जाँचको क्रममा मे १० प ६९०७ नम्वरको मोटरसाईकलमा सवार रहेका पाँचथर याङवरक गाउँपालिका ५ का २६ बर्षीय दिपक लोक्सम र भारत दिनापुरका २५ बर्षीय रन्जित वर्मनलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी दमक नगरपालिका ३ का ३२ बर्षीय ललित तामाङलाई २ ग्राम ब्राउन सगर सहित प्रहरी चौकी बाघखोरको प्रहरी टोलीले पक्राउ गरेको छ भने दमक ९ का २२ बर्षीय सबिन सुनामलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।

प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here