सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

0
141

बिराटनगर।

मोरङको छुट्टा–छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मोरङको ग्रामथान गाँउपालिका–६ बिराटचोक सडक खण्डमा प्रदेश १–०५–००१ प ३८६० नम्बरको स्कुटरलाई बा प्र ०३–००१ ख ७४०२ नम्बरको टिफरले ठक्कर दिँदा स्कुटर चालक झापा अर्जुनधारा नगरपालिका–७ का ४२ बर्षीय जीवन दाहालको घटना स्थलमा नै मृत्यु भएको हो ।

यसैगरी रंगेली नगरपालिका–५ मा प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार रतुवामाई नगरपालिका–५ की ५० बर्षीया मानकीदेवी साह घाईते भई उपचारको लागि बिराटनगर गोल्डेन अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न टिफर चालक २८ बर्षीय सुरजकुमार माझी र मोटरसाईकल चालक दिनेश कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here