आगलागीबाट मावोहाङ्गको घर पूर्णरुपमा नष्ट

0
77

इलाम ।

इलाम माइ नगर पालिका वडा नम्बर(२ जरायोटारका पूर्णबहादुर माबोहाङ्ग लिम्बूको घर विहिवार करिब २ः४० बजे अचानक घरमा आगो लागि हुँदा पूर्ण रुपमा नष्ट भएको छ।

लिम्बूको दुई तले ६ कोठाको काठले बनेको घर के कारणले आगोलागी भएको थाहा हुन सकेको छैन। चार जनाको परिवार बस्दै आएका लिम्बूका परिवारमा कोही नभएको समयमा आगलागी भएको थियो।

बिधुत लाईन सर्टका कारण आगलागी भएको हुनसक्ने स्थानीय समाजसेवी बुद्धराज लिम्बूले जानकारी दिनुभयो। आगलागीबाट मानवीय क्षति केही नभए पनि माबोहाङ्ग घरमा रहेको ३० मन धान, चाँदीको गरगहना, लत्ता कपडा, भाडाबर्तन सहित १० लाख बढीको क्षति भएको वताईएको छ।

आगलागीको वडा अध्यक्ष उर्दबाहादुर राई, सचिव बिष्णु कट्टेल, वडा सदस्य कुन्ता पाण्डे, नेपाल प्रहरीको टोलिले स्थलगत अनुगमन गरि क्षतिको विवरण लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here