लागूऔषध गाँजासहित एक जना पक्राउ

0
102

उदयपुर।

उदयपुरको रौतामाई नगरपालिका–८ का ४९ बर्षीय डिकबहादुर लुङगेली मगर ८ केजी ५८१ ग्राम लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।

गाँजाको ओसार पसार भईरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले गाईघाट बजारबाट गरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here