महिलालाई सिलाईकटाई तालिम

0
72

युद्धबहादुर बोहोरा,
पाँचथर।

उद्यमी महिला बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजित दुई महिने सिलाईकटाई तालिम सम्पन्न भएको छ ।

फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ मा २०७१ सालमा स्थापना भएको यस सहकारीले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरेको संस्थाको अध्यक्ष दिलमाया चेम्जोङले जानकारी दिइन् ।

पालिकाको आर्थिक सहयोगमा दुई महिना आगाडिदेखि सञ्चालन गरिएको उक्त तालिमबाट वडाका ११ जना महिलाले सिप आर्जन गरेका छन् । तालिममा स्रोत र साधनले भ्याएसम्म प्रशिक्षार्थीहरुलाई सिलाईकटाईबारे सिकाएको उनले बताइन् ।

सहभागीलाई निर्मला देवी पौडेलले प्रशिक्षण दिएकी थिइन् । दैनिक छ घण्टाभन्दा बढी तालिम सञ्चालन भएको जनाइएको छ । उनीहरुलाई मेसिन चलाउन, नापजाँच गर्न, कपडा कटिङ गर्न, सिलाई गर्न, फिनिसिङ गर्न लगायतका सिलाईकटाई सम्बन्धीका प्रारम्भिक कामहरु सिकाइएको प्रशिक्षक पौडेलको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष बृजहाङ आङ्देबेको विशेष आतिथ्य प्रमुख प्रशासकीय अधिकृत, महिला तथा बालविकास शाखाबाट रेजिना चापागाँई लगायतको उपस्थिति थियो ।

सिकेका सिपलाई अब व्यवहारमा उतार्न र व्यवसायिक सिलाईकटाईको पेशा गर्न सहभागीलाई सल्लाह दिएका थिए । दुई महिने तालिमबाट आफूले सिलाईकटाई सम्बन्धी आधारभूत ज्ञान लिएको हँुदा आगामी दिन अझै उच्च तहको तालिम उपलब्ध गराइ दिएमा झन् प्रभावकारी हुने सहभागीले बताएका छन् ।

तालिममा सहभागीहरुको उत्साहपूर्वक सहभागी देख्दा उनीहरुको सिक्ने इच्छाशक्ति प्रबल भएको प्रति आयोजक संस्था अत्यन्तै गौरवमय बनेको छ । यस संस्थाले महिलाको हित हुने हरेक तालिम, प्रशिक्षण, क्षमता विकासका कार्यक्रम र विभिन्न क्रियाकलाप समेत गर्दै आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here