चीनले तिब्बतीहरूको डीएनए संकलन गरिरहेको भन्दै अमेरिकाले जनायो चिन्ता

0
57

काठमाडाैं |

चीनले तिब्बतीहरूको डीएनए संकलन गरिरहेको भनी समाचार प्रकाशित भएपछि अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले चिन्ता व्यक्त गरेका छन् ।

फ्रीडम हाउसको वार्षिक फ्रीडम अवार्ड्समा विशेष वक्ताका रूपमा बुधवार ब्लिन्केनले तिब्बतीहरूमाथि नियन्त्रण तथा निगरानीका लागि चीनले डीएनए संकलन गरिरहेको आरोप लगाए ।

चिनियाँ प्रहरीले विगत ६ वर्षमा तिब्बत स्वायत्त क्षेत्रमा १२ लाखजनाको डीएनए संकलन गरेको भनी सिटिजन ल्याबले सेप्टेम्बर २०२२ मा खुलासा गरेको थियो । उक्त क्षेत्रको एक चौथाइ जनसंख्याको डीएनए यसरी संकलन गरिएको हो ।

मातापिताको सहमतिविना पाँच वर्ष उमेरका बालबालिकाको रगतबाट डीएनए नमूना लिइएको भनी ह्युमन राइट्स वाचले चिन्ता व्यक्त गरेको थियो ।

इन्टरनेशनल क्याम्पेन फर तिब्बतले ब्लिन्केनको टिप्पणीलाई स्वागत गरेको छ । सामाजिक नियन्त्रणका लागि तिब्बतलाई प्रयोगशाला बनाउँदै चीनले व्यापक रूपमा तिब्बतीहरूको डीएनए संकलन गरेको उक्त संस्थाले आरोप लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here