शिक्षक संघ झापाको स्थापना दिवसमा सम्मान

0
74

रञ्जित परियार,
झापा ।

नेपाल शिक्षक संघ झापाले ३४औं स्थापना दिवसमा शिक्षक सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

संघका निवर्तमान सभापति नेत्रप्रसाद खरेललाई दोसल्ला ओढाइ अभिनन्दन गरिएको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री बिश्व प्रकाश शर्मा र श्रीमती कविता शर्माले आफ्नो बुबाआमाको स्मृतिमा बितरण गरिने साबित्रा–पर्शुराम स्मृति उत्कृष्ट शिक्षक सम्मान शिक्षकहरु महेन्द्रबिलास लुइँटेल, बालकृष्ण पौडेल र धर्मानन्द निरौलालाई प्रदान गरिएको छ ।

त्यसैगरी पदम–रामकुमारी उत्कृष्ट शिक्षक सम्मान जगन्नाथ बिक, पुण्यप्रसाद स्मृति उत्कृष्ट शिक्षक सम्मान लीलाप्रसाद भण्डारी, छबिलाल बराल, गुरुदेव भण्डारीलाई प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट महिला शिक्षक सम्मान माया गौतम, युवती राजवंशी, मोक्षकुमारी खतिवडा, उषा संग्रौला, कमलादेवी उप्रेती , कमला बस्नेतलाई प्रदान गरियो । उत्कृष्ट प्रधानाध्यापकहरुमा माबितर्फ शेरबहादुर श्रेष्ठ, आधारभूततर्फ शेषकुमार निरौला र प्राबितर्फ शोभा गुरुङलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट शिक्षक रामकुमार बस्नेत, चन्द्रबहादुर घिमिरे, कुवेरप्रसाद राजवंशी र कर्मचारीतर्फ दिनेशकुमार श्रेष्ठ लगायतलाई प्रशंसा–पत्रसहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो । सांगठनिक क्रियाशिलतातर्फ कचनकवल गाउँपालिका सभापति मोहनप्रसाद राजवंशी र शिक्षकमैत्री सहकारीतर्फ मेचीनगर नगरपालिकाका अध्यक्ष सुवास रिजाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अतिथिहरु संघीय प्रतिनिधि रुपक दाहाल, नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाँई, प्रदेश पूर्ब उपाध्यक्ष कृष्णमाया रिजाल, कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाँई, निवर्तमान अध्यक्ष नेत्रप्रसाद खरेल, शिक्षा बिकास समन्वय एकाइ झापाका प्रमुख राजकुमार बिश्वकर्मा, नेपाली कांग्रेस जिल्ला सभापति देवकुमार थेवे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सरिता प्रसाईको प्रमुख आतिथ्य र संघका सभापति तोयानाथ दाहालको सभापतित्वमा भएको थियो । कार्यक्रमको सहजीकरण देवेन्द्रचन्द्र राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here