नेपाल–स्पेन कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा घोडा दौडसहित सांस्कृतिक कार्यक्रम

0
127

झापा ।

नेपाल–स्पेन कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ औं वर्षको अवसरमा म्याड्रिडमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा घोडा दौडसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

उक्त कार्यक्रम नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ औं वार्षिकोत्सव, सन् २०२६ सम्ममा स्पेनबाट प्रत्येक वर्ष कम्तिमा एक लाख पर्यटक नेपाल पठाउनेलक्ष्य अनुरुप पर्यटन प्रवर्द्धन गर्ने तथा जलवायु परिवर्तनले नेपालका हिमाल तथा हिमनदीहरूमा पुर्‌याएको असरहरुबारे सचेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको जनाइएको छ ।

स्पेनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा स्पेनको परराष्ट्र मन्त्रालयका उत्तरी अमेरिका, पूर्वी युरोप, एसिया र प्रशान्त क्षेत्रका महानिर्देशक जेभियर सालिडोले सम्बोधन गर्दै नेपाल–स्पेन सम्बन्धको बलियो रहेको बताएका थिए ।

 


उनले पर्यटन, संस्कृति, ग्यास्ट्रोनोमी (खाना र संस्कृति बीचको अध्ययन) र हरित ऊर्जालगायत क्षेत्रमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने इच्छा व्यक्त गरेका थिए ।

दूतावासका अनुसार उक्त कार्यक्रममा सन् २०२६ देखि नेपालमा वार्षिक एक लाख स्पेनी पर्यटक पठाउने लक्ष्य राखिएको बताइएको थियो । जलवायु परिवर्तनका कारण हिमाल र हिउलाई परेको असरको बारेमा पनि सचेतना फैलाउन कार्यक्रम गरिएको दूतावासले जनाएको छ ।

स्पेनका लागि नेपालकी राजदूत डा.शर्मिला पराजुली ढकालले कार्यक्रम साझा मूल्य मान्यता, साँस्कृतिक आदान–प्रदान र विभिन्न क्षेत्रमा सहयोगात्मक प्रयासहरूद्वारा विशेषता भएको दुई देश बीच रहेको दिगो साझेदारीको प्रमाण भएको बताइन् । उक्त अवसरमा उनले कविता समेत बचान गरेकी थिइन् ।

कार्यक्रममा प्रसिद्ध पर्वतारोही एड्रियाना ब्राउनलीले हिमाल र स्थानीयहरूमा जलवायु परिवर्तनको प्रभावहरू विरुद्ध तुरुन्त काम गर्न आग्रह गरिन् ।

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आठ अग्लो हिमालको नाममा राखिएका आठ वटा घोडाको प्रदर्शनी गरिएको थियो । प्रत्येक पर्वतको संक्षिप्त विवरण राखिएको थियो ।

कार्यक्रममा आठ वटा घोडाहरुलाई विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आठवटा अग्ला हिमशिखरहरुको नाममा प्रदर्शनी राखी प्रत्येक हिमशिखरको संक्षिप्त विवरण प्रस्तुत गरिएको थियो । अन्नपूर्ण नामको घोडाले दौड जितेपछि राजदूत डा. ढकालले विजेतालाई भगवान बुद्धको मूर्ती प्रदान गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here