नयाँ प्रतिजासुसी कानूनबारे स्पष्ट पार्न चीनलाई अमेरिकी राजदूतको आग्रह

0
67

बेइजिङ,

चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले चीनलाई नयाँ संशोधित प्रतिजासुसी कानूनबारे अझ स्पष्ट पार्न आग्रह गरेका छन् ।

संशोधित कानूनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूका केही सामान्य कामलाई समेत अवैध तुल्याउनसक्ने बर्न्सको बुझाइ रहेको एशिया टाइम्सले उल्लेख गरेको छ ।

नेशनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिले गत अप्रिल २६ मा चीनको प्रतिजासुसी कानूनलाई बलियो बनाउन थप संशोधन पारित गरेको थियो । संशोधित कानून जुलाई १ देखि लागू हुने जनाइएको छ ।

द स्टिमसन सेन्टरद्वारा आयोजित वेबिनारको क्रममा राजदूत बर्न्सले वाशिङ्गटनमा रहेको थिंक ट्याङ्कसँग भनेका छन्, ‘यो एउटा कानून हो जसले सम्भावित रूपमा चीनमा व्यवसायीहरूको गतिविधिहरूलाई अवैध बनाउन सक्छ । हामीले यस बारे थप जान्न आवश्यक छ त्यसैले हामी यहाँ बेइजिङमा प्रश्नहरू सोधिरहेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here