उभौली पर्वमा किराया अर्जुनधाराको साकेला सिली महोत्सव

0
117

अर्जुनधारा ।

“संघीय गणतन्त्र नेपालमा पूख्र्यौली भूमीको पहिचान, किरात स्वायत्त राज्य निर्माण गर्ने हाम्रो अभियान”भन्ने मुख्य नारासहित उभौली पर्व–२०८०को अवसरमा बिहीबार साकेला सिली महोत्सव सम्पन्न भएको छ ।

किरात राई यायोक्खा अर्जुनधारा नगर कार्य समितिको आयोजनामा अर्जुनधारा–११स्थित साकेला थान परिसरमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा झापाका वरिष्ठ उपाध्यक्ष केवलराम राईले उद्घाटन गरेका थिए ।

कार्यक्रममा आयोजकसहित किराया बुद्धशान्ति–२, किराया बुद्धशान्ति–४, हल्दीबारी–१, बिर्तामोड–१, २, ३, ४, र ५ तथा अर्जुनधारा–६ र ११, बिर्तामोड–६ र ७, मेचीनगर–६, मेचीनगर–११ र १२, मेचीनगर–१३ र १४ का सांस्कृतिक टोलीले साकेला सिली प्रस्तुत गरेका थिए ।

समितिका अध्यक्ष विजय साम्पाङ राईको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई कदर पत्र, बधाई पत्र र सम्मान पत्रबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा समितिका निवर्तमान अध्यक्ष क्या.मानबहादुर चाम्लिङ राई, वरिष्ठ उपाध्यक्ष क्या.शिवकुमार चाम्लिङ राई र सचिव सरीता चाम्लिङ राई, नमुना सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित अध्यक्ष जागिरमान राई, दाताद्वय धनशोभा राई र मनोज चाम्लिङ राई रहेका छन् ।

त्यसैगरी कार्यक्रम स्थलमा किरात मौलिक गरगहना र भेषभुषासँगै मौलिक खानेकुराको स्टलहरु राखिएको थियो । कार्यक्रममा अर्जुनधारा–९का वडाध्यक्ष भीष्म मिश्र, नेपाल आदिवासी जनजाती महासंघ अर्जुनधाराका अध्यक्ष कर्णबहादुर तामाङ, किरात विद्यार्थी संघ झापाका सदस्य आयुष राई, समितिका सल्लाहकार एवम् अग्रज पत्रकार दिपीन राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै सांस्कृतिक आन्दोलनको रुपमा प्रदेश नं.१को नाम कोशी प्रदेश राखिएको विरोधमा आयोजक सांस्कृतिक टोलीले ‘कोशी प्रदेश क्रस’लेखिएको ब्याज लगाएका थिए । समितिकी वरिष्ठ उपाध्यक्ष भूपा थुलुङ राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सिंहबहादुर चाम्लिङ राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here