नारी चेतना समूहको ढाका बुनाई तालिम शुरु

0
76

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित नारी चेतना समूहको आयोजना र टेवा नेपालको आर्थिक सहयोगमा तीन महिने ढाका बुनाई तालिम बिहीबारदेखि शुरु भएको छ ।

सीप विकास कार्यक्रम अन्र्तगत महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिमको प्रमुख अतिथि वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।

प्रशिक्षक कल्पना राईले प्रशिक्षण दिने तालिममा अर्जुनधारा–१, ७ र ८ नम्बर वडाका १५ जना प्रशिक्षार्थीको सहभागिता रहने समूहकी अध्यक्ष पम्फा विश्वकर्माले जानकारी दिइन् । तालिममा प्रशिक्षार्थीहरुलाई खदा, बर्की, मफलर, चोलो र साडी बनाउने बताइएको छ ।

समूहकी अध्यक्ष विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा जलेश्वर सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष पुनम सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानकुमारी थापा, उपाध्यक्ष सविता लिम्बू, कोषाध्यक्ष चन्द्रकला प्रसाईंलगायतको आतिथ्यता रहेको थियो ।

समूहकी सहसचिव निर्मला राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष डम्बरकुमारी सत्यालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here