अर्जुनधारा–७ वडाको ३० दिने सिलाई कटाई तालिम सम्पन्न

0
117

अर्जुनधारा ।

सीप प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले अर्जुनधारा–७ नं. वडा कार्यालयको आयोजनामा आयोजित ३० दिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

चालु आर्थिक वर्ष ०७९/०८०को वडास्तरिय योजनाको दलित लक्षित कार्यक्रम अन्र्तगत सञ्चालन भएको उक्त तालिममा १५ जना महिला प्रशिक्षार्थीको सहभागिता रहेको वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले बताए ।

शिवसताक्षी–११स्थित गोपाल गौरी दिगो विकास प्रतिष्ठान तालिम सेवा प्रदायक संस्था रहेको तालिमका सहभागीहरुलाई प्रशिक्षक इन्दु भट्टराईले प्रशिक्षण दिएकी थिइन् ।

वडाध्यक्ष खतिवडाको सभाध्यक्षमा शुक्रबार सम्पन्न भएको समापन कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतम, प्रशिक्षक भट्टराई, पत्रकार अमित खम्बूलगायतले मन्तव्य राखेका थिए ।

प्रशिक्षार्थी सिर्जना दर्नालले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य हरि कटुवालले र कार्यक्रमको सञ्चालन अर्का वडा सदस्य जानुका दियालीले गरेकी थिइन् ।

प्रमुख अतिथि नगर उपप्रमुख खड्गमाया पराजुली र विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई रहेको उक्त कार्यक्रममा कार्यव्यस्तताका कारण दुवै जना उपस्थित नभएको वडाध्यक्ष खतिवडाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here